प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा बहुतले नयाँ भवन बनाउने

धनगढी । सुदूरपश्चिम सरकारले सेती प्रादेशिक अस्पतालमा वहुतले आधुनिक नयाँ भवन बनाउने भएको छ । प्रदेश सरकारको विहीवार बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रीपरिषद्ले गरेका निर्णयबारे जानकारी दिंदै सरकारका प्रबक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री पूर्ण जोशीले सेती प्रादेशिक अस्पतालमा थप नयाँ बहुतले भवनको डिपिआर निर्माण, डिजाइन तयारीसमेतकालागि एक करोड रकम स्वीकृत गरेको बताइन् । यस्तै, सुदूरपश्चिम प्रदेशसभाको चालु आठौं अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्यकोलागि प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ । अधिवेशन अन्त्यअघि प्रदेश लोकसेवा आयोगको आर्थिक बर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्नेसमेत निर्णय गरेको उनले जानकारी दिईन् ।

मन्त्रीपरिषद बैठकले प्रबक्ता एवं मन्त्री जोशीका अनुसार आजको बैठकले प्रदेश उच्च शिक्षाको सम्भाव्यता अध्यायन कार्यदल गठन सम्बन्धिको सामाजिक विकास मन्त्रालयको प्रस्ताव पनि स्वीकृत गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रदेश लेखा इकाई कार्यालय स्थापनाकालागि संरचना र दरबन्दी तेरिज स्वीकृत गरेको उहाँले जानकारी दिइन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.