धनगढीमा काेराेना जाेखिम कायमै आज १४ जनामा संक्रमण देखियाे
धनगढी। काेराेना नियन्त्रकालागि सरकारले जारी गरेकाे निशेधाज्ञ खुकुलाे पारिदै लगिएपनि धनगढी लगायत कैलाली जिल्लामा जाेखिम भने कायमै रहेकाे छ ।
सेती प्रादेशिक अस्पताल अस्पतालको प्रयोगशालामा आज शनिबार मात्रै १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११४ जनाको नमूनाको कोरोना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जना अस्पतालमा भर्ना भएका छन् ।
यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।