चाँडपर्व मध्येनजर गर्दै सुदूरपश्चिम सरकारले नाकामै परीक्षण र खाेप दिने

धनगढी । काेराेना संक्रमणलाई मध्येनजर गरेर सुदूरपश्चिम प्रदेश सरकारले भारतसँग जाेडिएका नाकामा परीक्षण र खाेपकाे ब्यवस्था गर्ने भएकाे छ ।  चाँडपर्व नजिकिएसँगै भारतबाट नेपाल फर्किनेहरु बढ्दै जाने र संक्रमण यहाँका गाउँघरसम्म नै पुग्ने आँकलन गरेर काेराेनाबिरुद्धकाे खाेप नाकामै दिने व्यबस्था गर्न लागेकाे मुख्यमन्त्री त्रिलाेचन भट्टकाे सचिवालयले जानकारी दिएकाे छ ।

यसैक्रममा मुख्यमन्त्री अध्यक्ष रहेकाे प्रदेश काेभिड-१९ व्यबस्थापन गर्न गठित निर्देशक समितिकाे शुक्रबार बैठक बसेर यस्ताे निर्णय गरेकाे बताईएकाे छ । May be an image of one or more people, people sitting, people standing and indoorयसकालागि प्रदेशमा बढी भन्दा बढी खाेप माग गर्ने र नभए प्रदेशले आफै खाेप खरिद गर्न पाउने बतावरण मिलाईदिन संघीय सरकारसँग माग गर्ने र  बालवालिकालाई मध्येनजर गरेर यसअघि सबै जिल्ला र प्रादेशिक अस्पतालमा अक्सिजन प्लाण्ट, भेन्टिलेटर र आईसियु बेड तयारी अवस्थामा राख्ने कामलाई ताकेता गर्ने निर्णय गरेकाे बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार कैलालीकाे धनगढी,  टीकापुर र कञ्चनपुरकाे महाकालीमा बन्दै गरेका थप ५०/ ५० शैय्याका काेराेना बिशेष अस्पतालहरु समयमै संञ्चालनमा ल्याउन पनि ताकेता गर्ने निर्णय भएकाे छ । अति आवश्यक स्वास्थ्य सामाग्रीकाे आपुर्ति तथा व्यबस्थापनकाे जिम्मेवारी प्रदेश सामाजिक विकास मन्त्रालयलाई र स्वास्थ्यका मापदण्ड पालना गराई चाँडपर्व तथा अन्य मेलापर्व मनाउन लगाउने सबै जिल्ला प्रशासन र स्थानीय तहलाई जिम्मेवारी दिइएकाे मुख्यमन्त्री त्रिलाेचन भट्टले बताए । यी सम्पूर्ण कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा जनप्रतिनिधिले सघाएर सामुहिक प्रयासवाट मानवता बिरुद्धकाे काेभिड जित्ने उनकाे दावी छ ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.