कैलालीमा निशेधाज्ञ हट्याे, अव भाैंतिकरुपमै विद्यालय संचालन गर्न पाईने
धनगढी । कैलालीमा ५ महिनादेखि जारी निषेधाज्ञा खुलेको छ । भोलीदेखि भौतिक उपस्थितिमै विद्यालय संचालन गर्न पाईने भएको छ । नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि अनुसार स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय संचालन गर्न सकिने जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेकाे आदेशमा भनिएकाे छ ।
साथै विद्यालय भौतिक उपस्थितिमा संचालन गर्दा मापदण्ड पालना भए नभएको बारे सम्बन्धित स्थानीय तहले कडाईका साथ अनुगमन गर्ने र आदेशको पालना नभएको पाईए स्थानीय प्रशासनको सहयोगमा त्यस्ता शैक्षिक संस्था तत्काल बन्द गराउने आदेशमा भनिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्धारा जारी आदेशमा मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैया जरिवाना गर्न भनिएको छ ।
अनाअबश्यक भिडभाड र सभा सम्मेलनबाहेक कैलालीमा बैशाख १६ गतेदेखि गरिएको निषेधाज्ञा पुर्णरुपमा खुला भएको जिल्ला प्रशासन कार्यलय कैलालीले जनाएको छ ।