पहिरोमा घाइते २ जनालाई दार्चुलाबाट हेलिकोप्टरमार्फत धनगढी पुगाइयो
धनगढी । दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ। जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको हो।
दुबै जनाको उपचार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भैइरहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए। बाढीपहिरोमा परी तीन जनाको मृत्यु भएको छ। अन्य दुई जना बेपत्ता भएका छन्।बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ।
आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो।