आज कृष्णाअष्ठमी, गाैरा पर्वकाे प्रमुख दिन: मुख्यमन्त्री भट्टद्वारा शुभकामना

धनगढी । आज भगमान श्रीकृष्णाकाे जन्म दिन ।आजै गौरा पर्वको प्रमुख दिन, आज अठवली अर्थात् अष्टमी महेश्वरसँग गाैरादेवीकाे बिवाह गरिने दिन। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।

यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले सम्पूर्ण प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री भट्टले शुभकामना सन्देशमा भनेका छन- ‘सुदूरपश्चिम प्रदेशमा माैलिकरुपमा मनाईने धार्मिक तथा संस्कृतिक महत्व बाेकेकाे गाैरा पर्वकाे अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई तथा दिदीबहिनीमा सुख शान्ति र समृद्धिकाे शुभकामना ।’ 

परापूर्वकालदेखि मनाईदै आएकाे गाैरा यस प्रदेशकाे विशिष्ट पहिचान भएकाे भन्दै मुख्यमन्त्री भट्टले सदीयाैंदेखि मनाईदै आएकाे यस पर्वले आफ्नाे माैलिकता कायम समेत सफल भएकाे उल्लेख गरेका छन् ।

काेराेना संक्रमणाकाे महामारीवाट उत्पन्न परिस्थितिमा स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउदै आपसी समझदारी र बन्धुत्वकाे भावना जगाई गाैरा पर्वलाई खुशियालीकासाथ मनाउनुहुने विश्वास लिएका छु भन्दै मुख्यमन्त्री भट्टले ‘गाैरा पर्वले प्रदेशवासीवीच सदभावा तथा एकता कायम रहाेस्’ भनेर शुभकामना ब्यक्त गरेका छन् ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.