मौसमी रोगका विरामी बढ्दा अस्पतालहरुमा वेड अभाव

धनगढी । मौसममा आएको परिवर्तन संगै अस्पताल आउने विरामीहरुको संख्यामा उल्लेख्यरुपमा बढेको छ । गर्मी जाने र चिसो मौसमको शुरुवातको पूर्वसन्ध्यामा हरेक प्रकारका विरामीहरुको संख्या बढ्ने गरेको छ । हरेक वर्षको यसै समयमा हुने मौसमी विरामीहरुले कैलालीका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरु भरीभराउ हुने गरेकाथिए । भने यस वर्ष पनि मौसमी विरामीहरुको संख्या उल्लेख्य देखिएको छ ।

सुदूरपश्चिम प्रदेशकै रिफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पताल,टीकापुर अस्पताल, मालाखेती अस्पताल लगायत जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रहरुका साथै नीजि अस्पतालहरुमा पनि विरामीको संख्या भरिभराउ रहेको छ । कोरोना भाइरसको माहामारी माहामारीले आतंकित बनेका मानिसहरुमा मौसमी रोगहरु देखापर्दा झन तर्सित हुने गरेकाछन् । कोरोना र मौसमी रोगको केही लक्षणहरु मिल्दा विरामीहरु बढी आत्तिने गरेको स्वास्थयकर्मीहरु बताउँछन् ।

यतिबेला ज्वरो, रुघाखोकी,झाडापखाला, पेट दुख्ने र स्वाससम्बन्धि विरामीहरु आस्पतालमा आउने गरेकाछन् । मौसमको परिवर्तन संगै बालबालिकाहरु समेत विरामी परेकाछन् । वाल रोग विशेषज्ञ डा.दीपक पौडेलका अनुसार बालबालिकामा उच्च ज्वरो, रुघाखोकी र वान्ताका विरामी बढी आउने गरेकाछन् । मौसम परिवर्तनले बच्चाहरुमा बढी निमोनिया देखिएको छ ।

१ सय २५ शैयाको क्षमता भएपनि अस्पतालले २५० शैया सञ्चालनमा ल्याएपनि मौसमी विरामीहरु बढेकाले शैया अभावमा भुईमा राखेर उपचार गर्नुपरेको अस्पतालका इमरजेन्सी इन्चार्ज भरत खातीले बताए । नियमित अस्पताल आउने विरामीहरु भन्दा एक्कासी बढी विरामी आउन थालेपछि अस्पतालको बेड क्षमताले नभ्याउँदा विरामीलाई निकै समस्या हुने गरेको छ ।

स्वासप्रस्वास सम्बन्धि समस्या देखिएपछि कैलालीको गौरीगंगा नगरपालिका बाट उपचारकालागि सेती प्रादेशिक अस्पतालमा पुर्यापनि बेड अभावमा तीन घण्टासम्म स्टेचरमा राख्नुपरेको विरामीका आफन्त शेरबहादुर मगरले बताए । यस्तै अछामबाट विहान १० बजे अस्पताल पुर्याएपनि अपरान्ह ३ बजेसम्म बेड नपाएको जनक भण्डारीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.