१०वर्षीया बालिकालाई विद्यालयमै बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

धनगढी ।  १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा डडेल्धुरामा शिक्षक पक्राउ परेका छन्।

जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ को भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले भट्टलाई आइतबार पक्राउ गरि अनुसन्धान भइरहेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.