आज पनि सुदूरपश्चिम पहाडमा हिमपातकाे सम्भाबना

धनगढी । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बद्ली भएको छ । सुदूरपश्चिम प्रदेशका सबै जसो क्षेत्रमा माैसम बदली भई वर्षा भएकाे र हिमाली क्षेत्रमा हिमपात भएको छ । अहिले पनि दार्चुला, मुगु, हुम्ला लगायतका ठाउँमा हिमपात भइरहेको मौसमविद्ले बताएका छन् ।

दार्चुलाको व्यास, अपी हिमाल, नौगाड, दुहुँ र मार्मा गाउँपालिकाको उच्च भू-भागमा हिमपात भएको छ । यस्तै, हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिजो बिहानदेखि नै हिमपात हुँदा घरबाहिर निस्कनसमेत कठिनाइ भएको छ ।हिमपातका कारण चिसो बढेपछि बाहिर निस्कन र दैनिक कामकाज गर्न समेत नसकेको हिल्सा सीमा सुरक्षामा खटिएका हिल्सा बीओपीका इन्चार्ज सुरज केसीले जानकारी दिएका छन्।हिमपातका कारण दार्चुलाको सञ्चार सेवा समेत बन्द भएको छ । घाम नलाग्दा सौर्य उर्जाबाट सञ्चालित टावरमा ब्याट्री चार्ज हुन नपाउँदा टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाले जनाएको छ ।

यस्तै, पश्चिमी वायुको प्रभावकै कारण केही ठाउँमा वर्षासमेत भएको छ ।आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए। हिमपात र वर्षाको सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.