प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशव जोशी

धनगढी । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्बाचित भएका छन् । साेमबारवाट डडेल्धुराकाे आलीतालमा चलेकाे प्रदेशको तेस्रो अधिवेशनबाट जाेशी निर्बिराेध निर्वाचित भएका हुन् ।

जोशीको अध्यक्षतामा २७ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको छ। जसकाे खुल्ला उपाध्यक्षमा कर्ण चन्द, महिला उपाध्यक्षमा जानकी धामी, समाबेशी उपाध्यक्षमा मुकेश टेर्रा र महासचिवमा तेज राज भट्ट निर्वाचित भएका छन् । यस्तै सचिवमा शुवास कठायत, ललित बोहरा, होम साउद, पहिलाद राना, पदम सुनार र कोषाध्यक्षमा दिपक राज अवस्थी पनि सर्वसहमत निर्वाचित भएकाे बताइएकाे छ ।

यसैगरी अधिवेशनकाे बन्दसत्रबाट कार्यसमिति सदस्यमा पुस्कर राज भट्ट, महेन्द्र बम, इन्द्र साउद, पदम बोहरा. पदम साउद, विमल धामी, होम योगी रहेकाछन्। अधिवेशन उद्घाटन समाराेहमा युद्ध पत्रकारिताबाट करिब ३० जनालाई सम्मानित गरिएको थियो।

यसअघि प्रेस सेन्टरको अधिवेशन नेकपा (माओवादी केन्द्र)का केन्द्रिय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेल उद्घाटन गरेका थिएभने कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल गिरि, उपाध्यक्षहरु राम सिंह ठगुन्ना र लक्ष्मण खडका,महासचिव सन्तोष पौडेल लगायतले सम्बाेधन गरेका थिए।May be an image of 11 people and text that says 'चेपा'

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.