सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित

अमरगढी । वर्षासँगै डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ। जिल्लाको तेलेलेक भगुल्टे भत्काँडा घनघस्या लेक अनरखाेलीलगायतका उच्च पहाडमा हिमपात भएकाे हाे ।

यस्तै बैतडीकाे ग्वाल्लेक खोड्पे, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको बताइएकाे छ। उच्च लेकाली क्षेत्रमा वर्षासँगै हिमपात भएको बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए।  बैतडी डडेल्धुरासँगै बाजुरा बझाङलगायतका पहाडी जिल्लाका उच्च लेकाली भेगमा हिमपात भएको छ ।

वर्षा र हिमपातका कारण सुदूरपहाड सबैतिर चिसो बढेको छ। चिसोले जनजीवन पनि प्रभावित हुँदै गएको छ। दैनिक ज्यालामजदुरी गर्ने मजदुर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।

वर्षा र हिमपात भएपछि किसान भने हर्षित भएका छन्। खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भएको खुसीयाली छाएको हो। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.