Dashain Suvakamana

अन्न भित्र्याउने बेला निंगालोको कोर्ङो, डुरो बेच्दै डडेल्धुराका पार्की

डडेलधुरा। अमरगढी नगरपालिका–७, कैनी टोलका स्थानीयले परम्परागत रूपमा निगालोका विभिन्न सामग्री बनाउँदै आइरहेका छन् । अन्न भण्डारणदेखि दैनिक जीवनमा उपयोगी सामग्री यहाँका कैनी, पार्की जातिले बनाउँदै आइरहेका छन् । विशेष गरी दसैँ, तिहार र नयाँ वर्ष बिसु पर्वका बेला कैनी जातिले निगालोबाट सामग्री बनाई खर्चको जोहो गर्दै आइरहेका छन् ।

mahotsab

दसैँ, तिहारका बेला धान, मकै, कोदोलगायतका अन्न बाली र नयाँ वर्षका बेला गहुँ बाली भित्र्याइने भएकाले पनि निगालोका सामग्रीको खपत हुने गरेको स्थानीय लक्ष्मण कैनीले बताए। बाली भित्र्याउने बेला ठुला चाडबाड पर्ने भएकाले निगालोका सामग्री बेचेर खर्चको जोहो गर्ने परम्परा पुर्खौंदेखि चलिआएको उनले बताए ।

खास गरी निगालोबाट बनेको कोर्ङो, डुरो (अन्न भण्डार गर्ने भकारी) बलियाे हुने भएकाले महँगो मूल्यमा बिक्री हुने हुने गरेकाे भन्दै उनले भने “पहिले तराई जिल्ला कैलाली र कञ्चनपुरका गाउँमासमेत यसको माग हुन्थ्यो, अहिले यी जिल्ला सहर, बजार भइसके । अहिले डडेलधुरा र डोटीका ग्रामिण गाउँमा मात्रै बिक्री हुने गरेको छ ।”

वर्षमा आठ महिना निगालोका सामग्री बनाई भदौ, असोज, कात्तिक र फागुन, चैत महिनामा बिक्री गर्न गाउँ गाउँ जाने चलन बाजेको पालादेखिबाटै चलिआएको अर्का स्थानीय नारायण कैनीले बताए । एक जनाले मात्रै ३० बढी डुरो बनाई बिक्री गर्दा एक मौसममा एक लाख बढी आम्दानी हुने र वर्षमा दुई पटक डुरो र डोको बिक्री गरी चाडपर्वसँगै वर्षभरि पुग्ने अन्नपात, लुगा कपडाका लागी जोहो गर्दै आइरहेको उनको भनाइ छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.