अमरगढी। नदीमा डुबेर डडेल्धुरामा दुइ बालिकाको मृत्यु भएको छ।
गन्यापधुरा गाउँपालिका –२ काेर गाँउको सिमताल खोलामा सोही ठाउँ बस्ने इन्द्रबहादुर मल्लको छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीको छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतवार नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।