सुदूरपश्चिम प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको विधेयक अधिवेशन सुरु भएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठक आज १ बजे बस्दै छ । आजको बैठकमा ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५’ टेबल हुने बताईएको छ । त्यसपछि अर्को विधेयक अझै प्रदेश सभा सचिवालयमा दर्ता भएको छैन ।

अघिल्लो विधेयक अधिवेशन पनि कुनै नयाँ कानुन नबनाई सकिएको थियो । यो विधेयक अधिवेशनका लागि पनि अहिले सम्म सरकारले नयाँ विधेयक प्रदेश सभा सचिवालयमा दर्ता नगरेको सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । उनले भने- ‘अहिले प्रदेश सभा सचिवालयमा एउटा संशोधनका लागि दर्ता भएको छ  त्यस बाहेक कुनै पनि विधेयक दर्ता भएको छैन ।’

विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनमा अहिले सम्म नयाँ विधेयक दर्ता नहुनु सरकारको अकर्मण्यता रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ । ‘सरकार सुस्त मात्रै होइन गतिहीन र दिशाहीन भयो ’ एमाले संसदीय दलका नेता तथा निर्वतमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भने ‘सरकारकै कमजोरी र ढिलासुस्तीले प्रदेश सभा पनि गतिहीन भएको छ ।’

प्रदेश सरकारले भने विधेयक तयार भइरहेको दाबी गरेको छ । ‘एकै दिन सबै विधेयक दर्ता हुने होइन तयार भइरहेको छ आइहाल्छ आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले भने ‘हामी सांसदलाई विधेयक विधेयक विहीन बनाउँदैनौँ ।’ 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.