भारतबाट फर्किनेमा फेरी कोरोना देखिन थाल्यो

धनगढी। भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । महामारीको रूपमा कोरोना देखा परेको लामो समयपछि फेरि केहीमा कोरोना सङ्क्रमण देखा पर्न थालेको हो ।

पछिल्लो एक साताभित्र गौरीफन्टा नाका भएर भारतबाट फर्किएका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज पनि गौरीफन्टा नाकामा भारतबाट सुदूरपश्चिम आइपुगेका एक जनामा कोरोना भाइरस देखिएको छ। आइतबार मात्र गौरीफन्टा नाकाबाट भित्रिएका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अगाडि गत हाप्ता बुधवार र बिहीबार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियोे।

प्रदेश आपतकालीन कार्य संचालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदुरपश्चिममा भित्रीनेमा दिनहु कोरोना संक्रमण देखिन थालेको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट देखा परेपछि भारतसँग सीमा जोडिएको नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको बताइए पनि नेपालमा थप प्रभाबकारी कार्य भएको देखिदैन।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.