पदावधि सकिएका सुदूरपश्चिमका सांसदले बुझे दशैं खर्च

धनगढी । पदमुक्त भइसकेका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य तथा पदाधिकारीहरूले दसैँखर्च बुझेका छन् । चाडपर्व भत्ता अन्तर्गत सभामुख,उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति, विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षीय संसदीय दलको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक बराबरको भत्ता बुझेका हुन् ।

१३ गते प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्य तथा पदाधिकारीहरूलाई एक महिना बराबरको दसैँखर्च उपलब्ध गराएको पुष्टि गरेको छ । सभामुख अर्जुनबहादुर थापाले ६४ हजार, उपसभामुख निर्मला बडाल जोशी र विपक्षी दलको नेताले प्रकाश शाहले ५९ हजार ५ सय, विषयगत समितिका सभापति हर्क कुँवर, नेपालु चौधरी, कुमारीनन्दा बम, र कुन्ती जोशी र सत्ता पक्षीय प्रमुख सचेतकले दुर्गा विकले प्रतिव्यक्ति ५७ हजार ५ सयले भत्ता बुझेका छन् । विक केही समय अघि नेकपा एकीकृत समाजवादीबाट माओवादी केन्द्र प्रवेश गरिसकेकी छन् । पार्टी परित्याग गरे पनि उनले पुरानै दलबाट भत्ता बुझेकी हुन् ।

विपक्षी दलको प्रमुख सचेतक लिलाधर भट्ट, , सत्ता पक्षीय सचेतक अक्कल रावल र अम्बी थापाको पनि ५७ हजार बुझेका हुन् । यी बाहेक प्रदेश सभा सदस्यहरूले एक महिनाको पारिश्रमिक ६५ हजार ५ सय बुझेका छन् । उम्मेदवारी मनोननयनको प्रक्रियासँगै सांसदको पदमुक्त हुने संवैधानिक व्यवस्था छ । त्यसअनुसार बन्दसूची पेस भएको असोज २ को अघिल्लो दिन १ गते रातिदेखि उनीहरू पदमुक्त भइसकेका छन् । पदमुक्त सांसदले पटक(पटक संसद् सचिवालयमा फोन गरेर ताकेता गरिरहेको त्यहाँका कर्मचारीहरू बताउँछन् ।

अहिलेसम्म सभामुख अर्जनबहादुर थापा गाडी र निवास, विपक्षी दलका प्रमुख सचेतक लीलाधर भट्ट र सत्तापक्षीय संसदीय दलको प्रमुख सचेतक दुर्गा विकले गाडी फिर्ता गरेका छन् । अन्यले भने अझै पनि फिर्ता नगर्ने बताइरहेका छन् । आफूहरूको पद अझै नसकिएको भन्दै माघसम्म गाडी प्रयोग गर्न भनिरहेको एक कर्मचारीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.