धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डाक्टर त्रिलाेक्यनाथ जोशी नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार डा. जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो।
साहित्यकार एवं संस्कृतिविद् जोशी कैलाली जनपुस्तकालयका अध्यक्षसमेत रहेका छन्। उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले बिहीवार नै सपथ खुवाएकाे छन् ।