धनगढी । स्थानीय तहमा जनप्रतिनिधि हुँदा जनहितमा काम गरेका चर्चित युवा बलवहादुर ऐरले कैलाली क्षेत्र नम्बर ५ ख बाट प्रदेश सभा सदस्यकालागि स्वतन्त्र उमेदवारी घोषणा गरेका छन् । आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र संघको निर्वाचनलाई केन्द्रित गरी ऐरले स्वतन्त्रबाट प्रदेशसभाका लागी उमेदवारी दिने घोषणा गरेका हुन् ।
धनगढी उप महानगरपालिका वडा नम्बर ३ का निबर्तमा वडा अध्यक्ष समेत रहेका ऐरले सामाजिक सञ्जाल मार्फत प्रदेशसभा ख का लागी उमेदवारी रहने घोषणा गरेका हुन् । उनले उमेदवारी घोषणा संगै प्रदेशसभा ख अन्तर्गत पर्ने सबै वडाबासीहरुसंग भेटघाट कार्यक्रम रहने बताएका छन् । धनगढी उप महानगरपालिका वडा नम्बर ३ मा २०७४ सालमा माओवादी केन्द्रकाे तर्फवाट निर्वाचित भएका उनी अब स्वतन्त्र उठ्ने र जनताले आफुमाथी भरोसा राखेका कारण प्रदेशसभामा गएर जनताका समस्या सम्बोधन गराउने चाहाना रहेकाे बताउँद्छन् ।
वडा अध्यक्ष हुँदा सबै तहका सरकारसँग जाेडबल गरेर याेजना ल्याउने देखि आफ्नाे पारिश्रमिक बिपन्न गरीब असहाय अपाङ्गलाई सहयाेग गर्दै र निकै चर्चा बटुलेका ऐर स्वतन्त्रबाट प्रदेशसभा सदस्यमा बिजयी हुनेमा बिश्वस्त छन् । आफ्नो कामलाई सबै जनताले बुझेका कारण पक्कै प्रदेशसभा सदस्यमा आफुलाई सहयोग गर्ने उनको बिश्वास छ ।