अछामबाट एमालेका भीम रावल र यज्ञ बोगटी सर्वसम्मत सिफारिस

धनगढी । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि अछामबाट प्रतिनिधिसभामा पूर्वमन्त्री भीम रावल र  यज्ञबहादुर बोगटीको नाम एकलरूपमा सिफारिस गरिएको छ।अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट डा.भीम रावलको नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जनकारी दिए।

नेपाली कांग्रेसका भरतकुमार स्वारलाई हराउँदै रावल अघिल्लोपटक निर्वाचित भएका थिए। रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वारले १७ हजार ७ सय १९ मत ल्याएका थिए। यस्तै प्रदेश सभाका लागि भने ४/४ जनाको नाम सिफारिस गरिएको छ। निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवर साथै ‘ख’ बाट कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद,डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिसमा परेका छन्।

यसैगरी अछाम २ प्रदेशसभातर्फ ‘क’ बाट ७ जना र ‘ख’ बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ। ‘क’ बाट प्रत्यक्षतर्फ बम बहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरीएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.