धनगढी । सुदूरपश्चिमेलीहरुकाे महत्वपूर्ण गाैरा पर्वकाे अवसरमा प्रदेश सरकारले भाेली भदाै १७ गते शुक्रबार सार्वजनिक विदा दिएकाे छ । आज विहीबार बसेकाे मन्त्रीपरिषद बैठकले भाेली थप एक दिन विदा दिने निर्णय गरेकाे आन्तरीक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गरी बताएकाे छ ।
यसअघि नै संघीय सरकारले पर्सी १८ गते गाैरा पर्वकाे अवसरमा सार्वजनिक विदा दिएकाे छ । सुदूरपश्चिम सरकारकाे याे निर्णयसँगै प्रदेशमा भाेली र पर्सी दुई दिन सार्वजनिक विदा हुने भएका छन् । 