ठुलाखोलाले बगाउँदा डोटीमा एक बालिका बेपत्ता

डोटीको सायल गाउँपालिका –६ रौकला गाउँमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएका छन् । सायल गाउँपालिका – ६ रौकलाका शेरबहादुर साउँदका नौ  वर्षीया छोरी सीता साउँदको स्थानीय ठुलाखोलाले बगाउँदा बेपत्ता भएका हुन् । 

सायल गाउँपालिका –६ का वडाअध्यक्ष दीपक साउँदका अनुसार आइतबार आएको अत्याधिक वर्षाका कारण खोला बढेको समयमा खोला पार गर्ने क्रममा खोलाले बगाएको हो । 

गोरु गोठालो गएको बेला बालिकालाई खोलाले बगाएको हो । अस्थायी प्रहरी पोष्ट कलेनाको प्रहरी टोली र स्थानीयहरुले बेपत्ता बालिकाको खोजी कार्य गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.