धनगढीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, अर्काे गम्भीर घईते

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा माेटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छभने चालक घाईते भएका छन् । गएराती उपमहानगरपालिकाको वडा नम्बर ३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको प्रहरीले बताएको छ। गम्भीर घाइते भएका मडैलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा चालक जोरायल–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका र उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.