अपाङ्ग महिला तथा सरोकारलाई पहुँचयुक्त आघात सुसूचित हेरचाह तालिम

धनगढी । अपांगता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात सुसूचित हेरचाहमा जोड दिंदै धनगढीमा ५ दिनदेखि सन्चालन भएको तालिम सम्पन्न भएकाे छ । नेपाल अपाङ्ग महिला सङ्घकाे आयाेजनामा भएकाे तालिम कार्यक्रममा सुदूरपश्चिमका कैलाली कञ्चनपुर डडेल्धुरा अछाम लगायत जिल्लाका सहभागीहरु थिए । 

कार्यक्रममा पहुँचयुक्त आघात सुसूचित हेरचाहमा जोड दिइएको छ । महिलाहरू त्यसमा पनि कमजाेर महिलामा पर्ने समस्या र त्यसको व्यवस्थापन स्वयं उनीहरुले गर्न नसक्दा बिभिन्न घट्नाहरु समाजमा घट्दै गएको देखिन्छ । No description available.नेपाल अपाङ्ग महिला सङ्घका कार्यक्रम संयोजक अनिता ढुङ्गानाले उनीहरूलाई पर्ने हिंसाको सुनुवाइ तथा उनीहरुले पाउनुपर्ने परामर्श नपाउँदा शारीरिक समस्यासंगै मानसिक समस्या झेल्दै आएकाे बताइन्। कतिपयले आफ्ना समस्या भन्न नसक्ने अवस्थाका ब्याक्तिहरुका पनि समस्या सुन्ने निकाय हुनुपर्ने उनले जाेड दिइन् ।

यस्तै राष्ट्रिय अपांगता महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष मानबहादुर साउदले मानिसहरूले आफूलाई व्यवस्थापन गर्न नसक्दा मानसिक समस्या बढ्दै जाने भएकाले तालिम फलदायी हुनेमा विश्वास व्यक्त गरे । अझै पनि बिकटका महिला बाहिर आउन सकेका छैनन् यसमा हामीले ध्यान दिनुपर्छ,’ उनले भने । त्यसैले यसको व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।

कार्यक्रम समापनमा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले महिला, अपांगता भएका महिला, दलित तथा ज्येष्ठ नागरिकका लागि नीति नै बनाएर अघि बढी रहेको बताइन् । ‘अघिल्ला दिनमा जे जस्ता समस्या भएपनि अव भने सामाजिक विकास र सुशासन सँगसँगै लगेर जानेछौ, नीति नै बनाएर अघि बढी रहेका र्छा,’ उनले भनिन् । समाजमा जतीपनि कुरीति छन् तिनलाई हामीले आफैँबाट हटाउन जरुरी रहेको उनले बताइन् । त्यस्तै आफूलाई पर्ने समस्यालाई खुलेर बाहिर ल्याउन अनुरोध गरेकी छन् ।

दलित, अपांगता भएका महिला, न्यायिक समिति सदस्य तथा महिला प्रहरीको सहभागिता कार्यक्रममा रहेको थियो ।कार्यक्रमको सहजीकरण मनोपरामर्शकर्ता तथा रिर्सोस पर्सन कन्चन राउतले गरेकी हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.