धनगढी । कैलालीको धनगढीमा सोमबारदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ। प्रदेश प्रहरी कार्यालयले दीपायलमा सञ्चालन गरेको अस्पतालको शाखा धनगढीमा पनि खुलेको हो।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र खाेलिएकाे उक्त अस्पतालले सर्वसाधारणलाई समेत सेवा दिने गरी सञ्चालनमा ल्याइएकाे नेपाल प्रहरीले जनाएको छ। प्रहरी अस्पतालको सोमाबार नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहले उद्घाटन गरेका हुन्।
उक्त अस्पतालले आजैबाट सेवा सुरु गर्ने बताइएको छ। विशेषज्ञसहितको सेवा दिने उक्त अस्पतालबाट केही समयपछि शल्यक्रिया सेवा समेत प्रदान गर्ने योजना रहेको छ।