कैलालीमा २७ उद्योगविरुद्ध मुद्दा दायर

धनगढी । कैलालीमा खाद्य स्वच्छता कायम नगरेको भन्दै खाद्य पदार्थ उत्पादन गर्ने २७ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले खाद्य तथा दाना ऐनअनुसार संकलन गरिएका नमूना प्रतिकुल पाइएपछि ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको जनाएको छ।

मःम, चाउमिन, बिस्कुट, विभिन्न ससलगायतका खाद्य पदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिका क्षेत्रका ७, गोदावरी नगरपालिकाका ७, लम्कीचुहा नगरपालिकाका ५, टीकापुर नगरपालिकाका ३, कैलारी गाउँपालिका क्षेत्रका ३, घोडाघोडी र गौरीगंगा नगरपालिकाका १/१ उद्योगविरुद्ध मुद्दा परेको छ।

ती उद्योगहरुको लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर देखिएका कारणले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मुद्दा दायर गरिएको प्रमुख दाहालले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.