धनगढी । कैलालीको घोडाघोडीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ। घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा घाइते भएका एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा लम्की–चुहा नगरपालिका २ का २० वर्षीय पारस खत्री रहेको प्रहरीले जनाएको छ।