छिमेकमा कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकामा फेरी कडाई

सरकारले सीमानाकास्थित स्थलमार्ग र हवाइ मार्गका  हेल्थ डेस्कमा उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । भारत र चीनमा कोरोना संक्रमण बढ्न थालेपछि विमानस्थल र  छिमेकसँगको सीमा नाकाका सबै हेल्थ डेस्कमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सीमा नाकाहरु पशुपतिनगर, काँकडभिट्टा, रानी, इनरुवा, गौर, माडर, रसुवागढी, तातोपानी, जमुनाह, बेलहिया, कृष्णनगर, त्रिनगर, गड्डाचौकी, भिट्टामोड, झुलाघाट, पुलघाट, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका हेल्थ डेस्कलाई स्क्रिनिङ र परीक्षण कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिइएको इडिसिडीका निर्देशक डा. चुमनलाल दासले बताए ।

भारत र चीनसँग सीमा जोडिएका १६ सीमा नाकासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड—१९ को लक्षण देखिएका, पूर्णमात्रा खोप नलगाएका र स्क्रीनिङको क्रममा कोभिड–१९ को लक्षण देखिएमा परीक्षण गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रक महाशाखाले भनेको छ। यस्तै, कोरोना परीक्षणको क्रममा पोजेटिभ देखिएका नमुनालाई प्रदेश जनस्वास्थ्यसँग समन्वय गरी जिन सिक्वेसिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने व्यवस्था गर्न गर्न समेत निर्देशन दिइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.