स्थानीय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै

काठमाण्डाैं । स्थानीय तहको निर्वाचनको स्थलगत तयारीको लागि ७ सय ५३ वटै स्थानीय तहमा आज बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुदैछन् ।

निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुनेछ ।कार्यक्षेत्रमा खटिएपछि निर्वाचनको ‘फिल्ड’ स्तरीय तयारी अघि बढ्ने प्रवक्ता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र जिल्लाको अन्य स्थानीय तहमा निर्वाचन अधिकृत जिम्मेवारीमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.