Dashain Suvakamana

बझाङमा बान्नीकी चैतलीको रौनक (फोटोफिचर)

बझाङ । होली पूर्णिमादेखि सुरु हुने बान्नीकी चैतलीको मेला चैत्र शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।मेला सुरु भएपछि हरेक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो भएर व्रत बस्ने गर्दछन् ।

स्थानीयका अनुसार परापूर्वकालमा महिसासुर दानवले बान्नी मष्टासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भइ महिसासुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गर्छ ।सुर्मादेवीले दानवको बध गरेको प्रतीकका रुपमा चैत्र औँसीका दिन काटेको लिङ्गोलाई चैत्र शुक्ल त्रयाेदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ ।

यसैक्रममा दर्शनार्थीले हिजो बान्नीको काङ्कर अर्थात लिङ्गो र बान्नी मष्टाको दर्शन गरेका छन् । सुर्मादेवीले दानवको बध गरेको प्रतीकका रुपमा चैत्र औँसीका दिन काटेको लिङ्गोलाई चैत्र शुक्ल त्रयाेदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । दर्शनार्थीले हिजो बान्नीको काङ्कर अर्थात लिङ्गो र बान्नी मष्टाको दर्शन गरेका छन् ।

झन्डै ३५ मिटर लामो लिङ्गोलाई समाएर झन्डै ३ सय मिटर हिँडाउने गरिन्छ । यसरी हिँडाएर ल्याएको लिङ्गोलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर खेल्ने प्रचलन छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.