दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा कैलालीमा दुई जनाको मृत्यु

धनगढी । कैलालीमा दुई मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।बिहीबार जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से४प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा गुलरियातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको बताइएको छ ।

त्यस्तै दुर्घटनामा दुईजना घाइते भएका छन् । उनीहरुको धनगढी र अत्तरियाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै सवारी अस्थायी प्रहरी पोष्ट चौकीडाँडाको नियन्त्रणमा लिएको छ । भने घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.