धनगढी । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान बुधबार बिहान नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।
बुद्ध एयर नेपालगन्ज स्टेसन प्रमुख विनित शाहका अनुसार धनगढीबाट बिहान ९: १० बजे उडेको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ :४२ बजे आकस्मिक अवतरण गरेको हो।
न्यायाधीश श्रेष्ठलाई ओरालेर विमान २० मिनेटपछि काठमाडौं उडेको शाहले जानकारी दिए। ‘न्यायाधीश श्रेष्ठ विमानबाट आफै झर्नु भयो । अस्पताल पनि लैजानु परेन । उहाँले अब गाडीबाटै काठमाडौं फर्कने बताउनुभयो,’ शाहले न्यायाधीश श्रेष्ठलाई उद्दृत गर्दै भनेकाे खबर अन्नपुर्ण पाेष्ट अनलाईनमा छ ।