धनगढीमा बहु-प्राविधिक शिक्षालयको भवन उद्घाटन

धनगढी। धनगढीमा बहु-प्राविधिक शिक्षालयको भवन उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिका र प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझेदारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन नगरप्रमुख नृपवहादुर वडद्धारा उद्घाटन गरिएको हो।

मंगलबार नगरप्रमुख वडले भवनको उद्घाटन गर्दै उप–महानगरपालिका क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको जानकारी दिए । भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको थियो ।

भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो नगरप्रमुख वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहतको पठनपाठन हुने बताए ।

धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमातहको १ लाख ८२ हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमातहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । यही बिषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्दछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.