एकलाख म्यादी प्रहरीकाे दरखास्त अब्हान गरिंदै, साढे ४४ हजार तलब हुने

स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ । मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट निकास गरेको हो । यद्यपी, प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।

याे सँगै अव स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरीलाई भर्ना लिइने भएको छ । प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार अब एक साताभित्र दरआस्त आह्वान गर्नेगरी तयारी भएको छ । म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपियाँ र रासन बापत सात हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । साथै छ हजार बराबरको लत्ता कपडा, एक हजार गाडी भाडा पाउनेछन् ।

म्यादी प्रहरीले तलब, भत्ता र रासन जोडेर करिब साढे ४४ हजार पाउँछन् । म्यादी प्रहरी वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।भर्नाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पूर्व प्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छोडेकाहरुलाई प्राथमिकतामा रहेका छन् । स्थानीय तह निर्वाचन आगामी वर्षको वैशाख ३० गते हुँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.