जबरजस्ती करणीको अभियोग लागेका कलाकार पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। जोशीलाई तनुहँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पल अहिले पूर्वी नवलपरासीको गैंडाकोटस्थित प्रहरी हिरासतमा छन्। पलविरुद्ध परेको उजुरीमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको भए पनि सोही प्रकृतिको जाहेरी गैंडाकोटमा पनि दर्ता भएपछि उनलाई त्यता लगिएको हो।
एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको छ। शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन्। अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ।