Dashain Suvakamana

भारतमा चम्किदै आम आदमी दिल्लिबाट पञ्जाबहुँदै गाेवा पुग्याे

धनगढी । काँग्रेस भाजपाका अधार ईलाका ताेड्दै चुनाव चिह्न झाडु भएको आम आदमी पार्टीले पञ्जाबमा पनि दिल्ली मोडेलमै दुई तिहाइ बढीकाे जित हासिल गर्दै गोवाको विधान सभामा पनि यसैपालि खाता खोलेको छ।

टाइम्स अफ इन्डियाका अनुसार अन्तिम मतपरिणाममा गोवाका ४० विधान सभा सदस्यमध्ये दुई जना आपका उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमध्ये एक जना पानीजहाजका क्याप्टेन हुन् भने अर्का इन्जिनियर। ४० मध्ये ३९ सिटमा आपले उम्मेदवारी दिएको थियो। यसपालि गोवामा दुई सिट जित्नु पनि आपका लागि उपलब्धी हो किनकी पाँच वर्षअघि भएको चुनावमा आपका लगभग सबै उम्मेदवारको जमानत जफत भएको थियो।

पन्जाबमा पनि आपले पाँच वर्षअघि मात्रै विधान सभामा खाता खोलेको थियो। २०१७ को चुनावमा ११७ मध्ये २० सिट जितेको आपले यसपालि त्यहाँ ९२ सिट जितेको छ। गोवामा दुई सिट जितेपछि आपका संस्थापक एवं दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले यो जित गोवामा इमानदारी राजनीतिको सुरूआत भएको बताएका छन्।

अब आपको क्रान्ति देशभरि फैलिने केजरीवालको भनाइ छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.