मुख्यमन्त्री सुदूरपश्चिम गोल्ड कपमा मनाङले दिल्लीलाई हरायो

धनगढी । सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री  सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुआत गरेको छ । धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको हो ।

जितसँगै मनाङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ  ।मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरे । दिल्लीका लागि कृष्णले एक गोल फर्काए ।मनाङले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.