एमसीसीविरोधी झलनाथ, नारायणकाजी,भीमरावल,विप्लव एउटै मञ्चमा

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् ।

खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरू पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका हुन् ।

त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.