‘जनयुद्धका उपलब्धी खाने तर, जनयुद्ध स्वीकार नगर्ने प्रबृति छ’

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री एवं माओवादी नेता त्रिलोचन भट्टले जनयुद्धकै कारण मुलुकमा राजनीतिक परिवर्तन भएको बताएका छन्।जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठन सुदूरपश्चिम प्रदेश समितिले २७ औँ जनयुद्ध दिवसको अवसरमा धनगढीमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री भट्टले जनयुद्धकै कारण देशमा थुप्रै उपलब्धी हासिल भएको बताएका हुन्।

मुख्यमन्त्री भट्टले जनयुद्धले नेपाली समाज, संघीयता, समावेशिता राजनीतिजस्ता ऐतिहासिक उपलब्धी हासिल भएको र अग्रगामी परिवर्तन भएको बताए। May be an image of 15 people, people standing, people sitting and outdoorsयस्तै मुख्य मन्त्री भट्टले माओवादी आन्दोलनबाट हासिल भइरहेका उपलब्धी सिध्याउने खेल भइरहेको र जनयुद्धबाट प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीका लागि माओवादीहरु एक ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको जानकारी दिए।

माओवादी आन्दोलनमाथि कुनै न कुनै प्रकारले आक्रमण भइरहेको उल्लेख गर्दै उनले माओवादी शान्ति प्रकृयामा आएपछि नयाँ प्रकारको संघर्षमा रहेको बताए। ‘मुलुकमा ऐतिहासिक परिवर्तन माओवादी आन्दोलनबाट भएको हो भनेर सबै सहमत छन् तर माओवादीलाई स्वीकार गर्दैनन् । संघीयता, धर्मनिरपेक्षता सबैले ग्रहण गरेका छन् तर माओवादी जनयुद्धलाई ग्रहण गरेका छैनन् ।’ मुख्यमन्त्री भट्टले भने, ‘जनयुद्धका उपलब्धी ग्रहण गर्ने तर जनयुद्धलाई नमान्ने प्रवृति छ ।’

माओवादीले गरेका सबै कुरा ठीक छन् तर माओवादी ठीक छैन भन्नु अन्तरविरोध भएको उनको भनाइ छ ।जनयुद्ध सुरु भएको दिनलाई नेताहरुले नै बिर्सदै गएकोमा उनले चिन्ता व्यक्त गरे। May be an image of 17 people, people standing and outdoorsतीनै तहका सरकारले माओवादी जनयुद्धका सहीदका परिवार, घाइते, अपाङ्ग, बेपत्ताको पक्षमा सोँचेअनुसार काम गर्न नसकेको मुख्यमन्त्री भट्टले बताए । जनयुद्धलाई स्वीकार नगर्ने प्रवृतिका कारण सुदूरपश्चिम प्रदेश सरकारले चाहेर पनि जनयुद्धका सहीद तथा बेपत्ता परिवार, घाइते, अपाङ्गता भएकाहरुको पक्षमा धेरै काम गर्न नसकेको उनले स्वीकार गरे । यद्यपि उनीहरुको पक्षमा काम गर्ने कोशिष गरिरहेको भट्टले बताए ।

जनयुद्धका सहीद, बेपत्ता परिवार तथा घाइते, अपाङ्गता भएकालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर सरकार लागि परेको उनले बताए । उनीहरुलाई आत्मनिर्भर बनाउने कार्यक्रम सरकारले ल्याएको र त्यसको कार्यान्वयनका लागि कार्यविधि तयार पार्ने काम भइरहेको मुख्यमन्त्री भट्टले जानकारी दिए।  यस मुक्तियुद्धले संविधानसभामार्फत नयाँ संविधान निर्माण, मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेकोले यसको रक्षा गर्दै थप उपलब्धि प्राप्तिकालागि अग्रगामी परिवर्तनकारीहरुले एकजुट भएर लाग्नु आवश्यक छ।

May be an image of 6 people, child, people standing, tree and outdoorsसुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट जनयुद्धका सहिद, बेपत्ता परिवार घाईते अपांगता भएकाको आयआर्जन, जीविकोपार्जन तथा उपचारकालागि कार्यक्रम सञ्चालन गरिरहेको भन्दै उनले यी कार्यक्रम लक्षित ब्यक्तिसंग पुर्याउन पार्टीपंतिले सहयाेग गर्नुपर्ने ओेल्याए । साथै उनले प्रगतिशील एवं कम्युनिष्टहरु एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न आग्रहसमेत गरे ।

जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संगठन सुदूरपश्चिम प्रदेशका अध्यक्ष गम्भीर थापाकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमलाई भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रि बिनिता चाैधरी र शहिद परिवारका प्रतिनिधीले सम्बाेधन गरेका थिए ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.