संक्रमण घटेपछि कैलाली-कञ्चनपुरका सीमावर्ती भारतीय बजार आवागमन खुकुलो

धनगढी । कोरोना संक्रमण कम भएसँगै नेपाल–भारत सीमानाका बजार आवागमन खुकुलो पारिएको छ । स्थानीय प्रशासन कैलाली-कञ्चनपुरले घरायसी किनमेलका लागि सीमावर्ती बजारसम्म आवागमनमा खुकुलो पारेको हो ।

केही दिनयता गड्डाचौकी नाकामा किनमेलका लागि सीमावर्ती बजारतर्फ जानेको भीड बढेको छ । सीमावर्ती बजारबाट साइकलमा क्यारिङ पनि सुचारु भएको छ । संक्रमण कम भएपछि भन्सार कार्यालयसंँग समन्वय गरेर साइकलमा मालासामान ढुवानी गर्न सकिने निर्णय गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताए ।

‘संक्रमण तीव्र गतिमा बढिरहेका बेलामा मालसामान चेकजाँचमै समस्या देखिएपछि क्यारिङलाई केही दिन रोकिएको हो,’ प्रजिअ पाण्डेयले भने, ‘अब संक्रमण कम भएको छ, नाकामा भारतबाट आउनेमा पनि संक्रमण कम देखिन थालेको छ ।’ उनका अनुसार अहिले गड्डाचौकी नाका भएर घर फर्किनेहरूमा दैनिक १०/१२ जनामा मात्रै संक्रमण देखिने गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.