Dashain Suvakamana

तनाबपूर्ण खेलमा मौरिसससँग नेपालकाे दोस्राे जित

काठमाडौँ ।  दोस्रो हाफ तनावपूर्ण अवस्थाबाट गुज्रिएको नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा मंगलबार पनि घरेलु टिम नेपालले जित हासिल गरेको छ। यसअघि शनिबारको खेलमा पनि १-० ले विजयी बनेको नेपाली टोलीले मंगलबारको खेलमा पनि १-० कै जित हासिल गरेको हो।

खेलको १० औँ मिनेटमा नविन गुरुङको कर्नर प्रहारलाई सुजल श्रेष्ठले गोलमा बदलेका थिए।मध्यान्तरपछि भने खेलमा तनावको स्थिति सिर्जना भएको थियो। नेपाली खेलाडी अञ्जन बिष्टलाई मौरिससका खेलाडीले फल गरेपछि तनाव सुरु भएको हो। तनाव सुरु भएपछि खेलमैदान प्रवेश गरेका प्रशिक्षक विकास मल्ललाई अम्पायरले रेडकार्ड दिएका थिए।

तनावकै बीचमा नेपाली र मौरिससका एक/एक खेलाडीलाई अम्पायरले रेडकार्ड दिएका थिए। त्यस्तै, दुइटा पहेँलो कार्ड खाएर मौरिससका अर्का खेलाडी पनि बाहिरपछि मौरिससको टिम नौ खेलाडीमा सीमित बनेको थियो।

९० मिनेटको समय सकिएपछि ८ मिनेटको इन्जुरी समय थपिए पनि फ्लड लाइट बिग्रेका कारण खेल करिब ९ मिनेट रोकिएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.