काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल मच्चिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी पास गर्ने पक्षमा उभिएका छन भने माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल यथाअवस्थामा पास नगर्ने देखिन्छन ।
यही विषयमा ठोस निर्णयमा पुग्न संसद बेठक १० दिन पर सारिएको जानकारहरु बताउछन् । सत्तारुढ गठबन्धनको शनिवार साँझ बसेको बैठकमा प्रधानमन्त्री देउवाले संसदबाट तत्काल एमसीसी पास गर्नुपर्ने बाध्यतामा आफु रहेको बताएपछि गठबन्धनमा खटपट देखिएको हो । तर एमसीसीका विषयमा साझा धारणा बनाउन सत्ता गठबन्धनले बनाएको तीन सदस्यीय कार्यदलमा भने सहमति जुट्न सकेको छैन ।
कर्यादलमा सरकारको तर्फबाट सदस्य रहनुभएका संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की गठबन्धनमा केही समस्या नहरेको र एमसीसी पास हुने बताए । तर कार्यदलका अन्य दुई सदस्यहरु झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ भने यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा अडिक छन् ।