सोसल मिडिया स्टार सिएनामाथि याैंन शाेषणकाे आराेप

काठमाडौं । अमेरिकी टिकटकर ज्याक राइटले आफ्नी साथी तथा सोसल मिडिया स्टार सिएना मे गोमेजमाथि यौन उत्पीडनको आरोप लगाएका छन् । ज्याक र सिएना दुवैको उमेर १८ वर्ष छ र दुवै सामाजिक संजालमा निकै चर्चित छन् । १८ वर्षीय ज्याक राइटले हालै आफ्नो युट्युब च्यानलमा १७ मिनेटको एउटा भिडियो शेयर गरेका थिए जसको शीर्षक थियो ‘सिएना मेले मसँग जे गरिन् ।’

यो भिडियोमा ज्याकले आफ्नी पूर्व मित्र र अनलाइन सहयोगी सिएना गोमेजमाथि यौन शोषणका कैयौं आरोप लगाएका छन् । ज्याकले आफूमाथि सिएनाले गरेका यौन उत्पीडनका ४ घटनाबारे बताएका छन् । यीमध्ये एउटा घटना अमेरिकाको हवाइमा मे २०२१ मा भएको उनले बताएका छन् ।यो घटनाको एउटा भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा सिएना ज्याक राइटलाई अभद्र तरिकाले किस गरिरहेकी देखिएकी छिन् ।

ज्याकका अनुसार एक रात सिएनाले ज्याकको कपडा च्यातिदिएकी थिइन् र उनीसँग शारीरिक सम्बन्ध राख्ने कोसिस गरेकी थिइन् । ज्याकको दावी अनुसार उनले पटक पटक सिएनालाई यसो नगर्न भनेका थिए तर सिएनाले आफ्ना हर्कत बन्द गरिनन् । कैयौं पटक आफू चिसो भुइँमा वा घरबाहिर सुत्नु परेको उनले बताए । उनले सिएनाको उग्र व्यवहार कैयौं पटक पार्टीमा पनि देखिने बताएका छन् ।

सिएनाले भने यी आरोप अस्वीकार गरेकी छिन् । उनका प्रतिनिधिले ज्याक र उनका साथीको दावीलाई ‘काल्पनिक’ र ‘बदनाम गर्ने षड्यन्त्र’ भनेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.