बझाङमा वडाध्यक्ष र सचिवमाथि दुर्व्यवहार गर्ने ४ जनाबिरुद्ध मुद्दा

धनगढी । बझाङमा वडाध्यक्ष र सचिवलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा ४ जनाको नाममा मुद्दा दर्ता भएको छ। दुर्व्यवहारमा संलग्न नेपाल कम्युनिष्ट पार्टी बिप्लब समुहका जयपृथ्वी नगरपालिका ९ देवलका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयबझाङमा किटानी जाहेरी दर्ता गरेको हाे।

साेमबार आफु धरान बजारमा स्थानीयहरू सँग कुरा गरिरहेको अवस्थामा वडा सचिव र अध्यक्ष को हो भनेर सोधेपछि हामी हौ भन्दा काम छ यता आउनुहोस् भनेर लिएको र पछि कालोमोसो दलेको वडा अध्यक्ष मल्लले बताए । वडाध्यक्ष मल्लले पत्रकारहरूसँग कुरा गर्दै भने गाउँले भएर हाम्रो ज्यान जोगियो । हाम्रो जिउ धनकै सुरक्षा छैन ।’ 

वडा सचिव अवस्थीले, ‘पुस २४ गते आफ्नो पार्टीलाई १ लाख ५० हजार रुपैयाँ चन्दा दिनुपर्‍यो भनेर फोन गरेका थिए । पुस २५ गते कार्यालयमा आएर वडाको सबै हिसाब किताब देखाऊ भनेर भिडियो बनाउँदै हामीलाई थर्काएका थिए । हामीले सबै कागजात अहिले देखाउन सकिदैन् । कुन कुन कागजात हेर्नु हुन्छ । निवेदन ल्याएर आउनुहोस् अनि देखाउला भनेका थियौ । त्यसपछि कार्यालयमा कोही आएका थिएनन् ।’

आजै वडाध्यक्ष मल्ल र सचिवले सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी दुर्व्यवहार गर्नेलाई यथाशीघ्र पक्राउ गरी कानूनी दायरामा ल्याउनका लागि पहल गरिदिन तथा घटना बारे सत्यतथ्य बुझेर समाचार सम्प्रेषण गर्न अनुरोध समेत गरेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.