स्वास्थ्य उपचार गरेर आज स्वदेश फर्किदै पूर्वमन्त्री वर्षमान पुन

चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन आज स्वदेश फर्किदै छन्। आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउने भएका हुन्।

पूर्वसभामुखसमेत रहेकी वर्षमान पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल आउनेछिन्। वर्षमानको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गरिएको थियो।

वंशाणुगत जण्डिसका बिरामी वर्षमान जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सककको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.