सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण निरन्तर उकालोतर्फ

धनगढी । देशभर काेराेना भाइरस संक्रमण बढ्दै गएका बेला सुदूरपश्चिम प्रदेशमा पनि संक्रमित भेटिनेक्रम बढीरहेकाे छ । भारतबाट फर्कन बढेपछि नै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण निरन्तर उकालो लाग्न थालेको हो।

आज संक्रमण पुष्टि भएकामध्ये १७२ जना आजै भारतबाट आएका नागरिक छन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ८३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८१, जुलाघाटबाट फर्केका ३, पुलघाटबाट फर्केका ३ र जौलजिवीबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिम प्रदेशमा आज बुधवार ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ७४८ जनाको कोरोना परीक्षण गर्दा ४७७ जनामा संक्रमण पुष्टि भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.