काेराेना पाेजेटिभ देखिदैमा नआत्तिनुस ? अपनाउनुस् यी १६ उपाय

काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट केहि दिन यता बढ्दै गएको छ । जनस्वस्थ्य विज्ञहरुले थकाई लाग्ने, टाउको र शरीरका मांशपेशी दुख्ने, हल्का शरीर तातिएको महसुस हुने, नाकबाट पानी आउने वा नाक बन्द हुने, रिङ्गटा लाग्नु एक्कासि जाडो हुने/रातिमा पसिना आउने, खोकी लाग्ने आखाँ दुख्ने आदि लक्षण देखापर्छन ।

जनस्वस्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले काेभिड-१९ पोजेटिभ देखिदैमा नआत्तिन भन्दै आफुमा देखिएको चिन्ह लक्षण र शरिरमा अक्सिजनको मात्रा हेर्न सल्लाह दिन्छन् । उनले भने- ‘सामान्य ज्वराे आएमा Tablet Cetamol प्रयोग गर्न सकिन्छ । यस्तै सामान्य खोकी लागेमा एलर्जी कम गर्ने औसधि प्रयोग गर्न सकिन्छ । घरमै आराम गर्नुहोस् , तातो/ताजा झाेलिलाे खाना/पानी खानुहोस।’ ७-१० दिन घरमै आइसोलेसनमा बसेर थर्मामिटरले ज्वराे नियमित नाप्नुहोस । पल्सअक्सिमिटरले शरीरमा अक्सिजनको मात्रा नाप्नुहोस ।

भिडभाड हुने स्थानमा नजानुहोस । अरुको सम्पर्कमा आउने अबस्थामा वा बाहिर निस्कदा मास्कको सहि प्रयोग गर्नुहोस । उनले ज्वराे र खाेकि बढेमा, श्वास फेर्न गारो भएमा, अक्सिजन लेबल ९५% भन्दा घटेकाे अबस्थामा चिकित्सकको सल्लाह लिन वा अस्पतालमा जान सुझाएका छन् ।

हाल सम्मको अबस्था र अध्ययन अनुसार काेभिड विरुद्धको खोप लगाएकाे ब्यक्तिहरुमा पोजेटिभ देखिए पनि रोगको शिकिस्तता नभएको र ३-५ दिनमा चिन्ह लक्षण देखिएका बिरामी समेत सामान्य अबस्थामा आएको तथ्यांकहरुले देखाएकोले नआत्तिन हुन र नडराउन हुन डा पाण्डेले अनुरोध गरेका छन् । काेभिडबाट श्वास फेर्न गाह्रो भयो ? जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले नआत्तिकन तुरून्त यी १६ उपायहरु अपनाउन सुझाएका छन् ।

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ।

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप र ट्याब्लेट खान सकिन्छ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ। तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल र एन्टिबायोटिक ) खानुपर्ने हुन्छ। कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।

८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।

९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै संक्रामक छ।

१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला।

११. पानीको बाफ लिंदा आराम हुन्छ।

१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला।

१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला।

१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला।

१५. दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ।

१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.