विपत ब्यवस्थापनामा मुख्यमन्त्री भट्टद्वारा प्रधानमन्त्रीकाे ध्यानाकर्षण
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले विपद ब्यवस्थापनमा हेलचक्राई नगर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री अध्यक्ष रहेकाे विपद् व्यबस्थापन समितिकाे आज साेमवार बसेकाे भर्चुअल मिटिङमा मुख्यमन्त्री भट्टले दुखकाे घडीमा सरकार खाेजिरहेका जनतालाई छिटाेभन्दा छिटाे रहातकाे व्यबस्था गर्न भनेका हुन् ।
‘बेमाैसमी बर्षाले सुदूरपश्चिममा पुराएकाे क्षतिकाे विबरण सघीय सरकारलाई पठाएकाे धेरै समय भयाे, पीडित किसानलाई क्षतिपुर्ति, रहात, अनुदान तथा बस्ति स्थान्तरण गर्नुपर्नेकाे व्यबस्थापन के कसरी गर्ने कुनै मापदण्ड आएन, प्रदेश सरकार आफ्नाे हिसावले लागेकाे छ, तर यसमा तीनवटै सरकारले साझेदारी रुपमा नलागेसम्म बास्तविक पीडितले रहात महसुस गर्न सक्दैन् ।’
यस्तै मुख्यमन्त्री भट्टले भारतबाट आउने नेपालीकाे सीमामै काेराेना परिक्षण गरिरहेकाले एन्टिजिन किट लगायतका परिक्षण सामाग्री, काेराेनाबिरुद्धकाे खाेप यथेष्ट मात्रामा पठाउन र सीमामा बन्दै गरेकाे हाेल्डिङ सेन्टरकाे सञ्चालन कार्यविधी चाँडाे पठाएर कार्यान्वयनमा ल्याउनुपर्ने बताएकाे मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।