शनिबार सुदूरपश्चिममा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि
धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार १२६ जनाको पीसीआरमार्फत र १५७जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आज एक हजार ४ सय २९ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। संक्रमण पुष्टि भएका २८३ जनामध्ये भारतबाट स्वदेश फर्केका १५७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १०३, गड्डाचौकी नाका भएर स्वदेश फर्केका४५, झुलाघाट नाकाबाट फर्केका ४ जना र पुलघाट नाका दार्चूला बाट भित्रीएका ५ जनामा संक्रमण पुष्टि भएको हो।