‘हाम्रा माैलिक पर्व सांस्कृतिक सहिष्णुताका उदाहरण’ -मुख्यमन्त्री भट्ट

धनगढी । विभिन्न समुदायका आफ्ना मौलिक पर्व नेपाली समाजको एकताको प्रतिकका रूपमा उभिएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले माघी (माघे सक्रान्ति) पर्वले सामाजिक सौहार्दता र सामुदायिक भावनाको विकास गराई सास्कृतिक एकतकाे माला बन्ने बताएका छन् ।

थारु समुदायको माघी तथा अन्य समुदायको माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले हाम्रो आफ्नो मौलिक परम्परा र संस्कृति अनुरूप एउटै पर्वलाई पनि भिन्नभिन्न भूगोल र समुदायमा मनाउने प्रचलन हुनु आफैँमा सांस्कृतिक सहिष्णुताको राम्रो उदाहरणका रूपमा रहेको बताएका हुन् ।

यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण प्रदेशबासीमा सुख, शान्ति, समृद्धिका साथै सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै काेराेना भाइरस (काेभिड-१९) संक्रमण तीब्र रहेकाे यसबेला स्वास्थ्यका मापदण्ड पालना गरी पर्व मनाउन आग्रहसमेत गरेका छन् ।No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.