माघीको अवसरमा प्रदेश सरकारले थप एक दिन बिदा दियाे

धनगढी । माघी (माघेसक्रन्ती) पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले थप एक दिन बिदा दिएको छ। संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते पनि माघीको अवसरमा बिदा दिएको हो।

गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार माघ २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियाे।उक्त निर्णय सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ। माघ १ गते सुदूरपश्चिमको पहाडी जिल्लामा मकर संक्रान्ती पर्व मनाइन्छ भने थारु समुदायकाे नयाँ वर्ष माघीका श्रपमा मनाउने गरेका छन्।

विगतदेखि ने थारु समुदायले माघीको अवसरमा तीन दिन बिदा हुनुपर्ने माग गर्दै आएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.